कोरोना संक्रमण भएमा आर्युेवेद पद्धतिबाट यसरी गर्नुहोस उपचार

कोरोना संक्रमण भएमा१. एक जनाको लागि बुढी औला जति मोटो र बुढी औला जति लामो गुर्जो वा ३ देखि ५ ग्राम गुर्जो (गुडूची) चुर्ण, ४/५ दाना मरिच, सानो टुक्रा अदुवा, ४/५ वटा तुलसीको पात २ कप पानीमा राखेर पकाउने र छानेर चिया खाने ।
Advertisement 1
२. जेठी मधु (यस्टिमधु) चुर्ण ३ ग्राम र अश्वगन्धा चुर्ण ३ ग्राम विहान बेलुका खाली पेटमा मनतातो पानी संग खाने ।वा नरदेवी आयुर्वेद चिकित्सालय बाट निशुल्क वितरित वा सिंह दरवार वैद्यखाना बाट उत्पादित जेष्ठ वासादि चुर्ण ३-६ ग्राम २ गिलास पानीमा १५ मिनेट उमालेर छानी चिया जस्तै गरी पिउने।
३. कागती पानी (Hot Lemon) दिनको २ पटक खाने ।
Advertisement 2
४. ज्वरो आएमा सिटामोल खाने ।
५. खोकी लागेमा अदुवाको टुक्रा पोलेर चुस्ने वा ल्वांग सुकमेल चबाउने । खोकी बढी लागेमा आयुर्वेद औषधि खानु पर्ने हुन्छ ।
Advertisement 3
६. झोल कुरा प्रसस्त खाने । सके सम्म चनाको झोल, ज्वानोको झोल प्रसस्त खाने । सुगर, प्रेसर भएकाले बाहेक अरुले जीवनजल प्रसस्त खाने। मनतातो पानी वेला वेलामा खाने ।
७. Pulse Oximeter भए औलामा राखेर अक्सिजन नाप्ने। ९४ भन्दा कम भए खुला हावा लाग्ने ठाउमा विरामीलाई घोप्टो पारेर (Prone Position) सुताउने ।
अनुलोम विलोम वा Deep Breathing बेला बेलामा गराउने । अक्सिजन कम नभए पनि यसो गर्दा फाइदा गर्छ ।
८. सम्पूर्ण औषधि, पानी सबै खाई सकेपछी सुत्नु भन्दा अगाडी एक गिलास तातो पानीमा सानो चम्चाको १ चम्चा बेसार राखी मनतातो भए पछि चिया जस्तै खाने र त्यस पछि पानी पनि नखाई सुत्ने ।
९. प्रयाप्त मात्रामा आराम गर्ने । धपडी हुने, तनाव हुने काम नगर्ने ।
१०. दिनमा दुई पटक सफा पानीको वाफ लिने।
११. मनोबल उच्च राख्ने । परिवार, आफन्त र समाजले सहयोग, सदभाव बढाउने । सान्त्वना दिने। १०० जनामा १ जनाको दरमा पनि मृत्यु छैन। त्यसैले तनाव ग्रस्त (Panic) नहुने ।
१२. यस वाहेक लक्षण अनुसारका अन्य आयुर्वेद औषधि चाहिन सक्छ, त्यसको लागि थप सल्लाह सुझाव चाहिएमा आयुर्वेद चिकित्सकसंग सम्पर्क गर्ने ।
१३. निमोनिया वा स्वास प्रश्वासमा कुनै समस्या देखिए वा गार्हो महसुस भएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने ।