प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।

Advertisement 1

नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

यसअनुसार शर्मा नेपाली सेनाको ४४औं प्रधानसेनापति बनेका छन् ।

Advertisement 2

वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापा भदौ २५ गते अनिवार्य अवकाश पाउँदैछन् । थापाको औपचारिक विदाइ २५ भदौमा हुने बताइएको छ ।

प्रकाशित :२०७८ भाद्र ११, शुक्रबार १८:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry