पूर्व मुख्य सचिव पौडेलको संयोजकत्वमा कर्मचारीको तलब अध्ययन समिति गठन

सरकारले राष्ट्रसेवक कर्मचारीहरुको समान पदका तलब समान बनाउनका लागि पूर्व मुख्य सचिव लीलामणि पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको हो । अहिले नेपाली सेना,नेपाल प्रहरी र निजामती सेवाको समान तहका पदमा पनि तलबमान असमान रहेको त्यसलाई मिलाउनका लागि पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । जस्तो अहिले निजामती सेवाका राजपत्रांकित श्रेणीका कर्मचारी र नेपाल प्रहरीका राजपत्रांकित श्रेणीका कर्मचारी तलबमा तीनदेखि ५ हजारसम्मको अन्तर छ । त्यसैलाई मिलाउने जिम्मेवारी पौडेल संयोजकत्व समितिलाई दिइएको छ ।
सरकारले गत १५ जेठको बजेट बक्तव्यमार्फत सबै राष्ट्रसेवकहरुको तलब समान १५ प्रतिशतका बृद्धि गरेको थियो । पछि समान पदको तलब समान बनाउनका लागि भन्दै अर्थमन्त्रालयले माथिल्लो पदका निजामती कर्मचारीको तलब २३ प्रतिशतसम्म बढाउने तयारी गरेको थियो । तल्ला तहका कर्मचारी र कर्मचारी संगठनको विरोध पछि सरकार व्याक भएको थियो ।