वीर अस्पतालमा २ करोडौं मूल्य पर्ने उपकरण प्रयोगविहीन
महालेखा परीक्षक कार्यालयको ५८ औं प्रतिवेदनमा वीर अस्पतालमा रहेका करोडौं मूल्य पर्ने उपकरणहरु बिग्रेर उपयोगविहीन रहेको पाइएको छ ।
Advertisement 1
वीर अस्पतालमा रहेका एक थान स्लाइसको सिटी स्क्यान मेसिन, एक थान पल्मोनरी फन्सन्टेड मेसिन, चार थान ग्यास्ट्रो इन्डोस्कोपी मेसिन बिग्रेर उपयोगविहीन भएको उल्लेख छ । त्यसैगरी २ करोड ५३ लाख मूल्य बराबरको फाइब्रोस्कान मेसिन जडान नगरि राख्दा सेवाग्राहीहरु प्रभावित बनेको प्रतिवेदनमा उल्लेख छ । उक्त मेसिन सञ्चालन गरी क्यान्सरको उपचार सुरु गर्ने प्रतिवेदनले सुझाव दिएको छ ।
वीर अस्पतालमा उपचार सम्बन्धी उपकरण दुरुस्त नहुने, बिरामीको चापको कारण सामान्य उपचारको लागि लामो समयसम्म प्रतिक्षा गर्नुपर्ने र समयमै सेवा उपलब्ध नहुने समस्या रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित :२०७८ भाद्र ४, शुक्रबार २०:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%