व्यक्तिगत गोपनीयता ख्याल नगरी भिडियो खिचेको आरोपमा युट्युबर पक्राउ

व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको अभियोगमा झापामा युट्युबर खगेन्द्र घिमिरेसहित व्यवसायी हेमराज भट्टराई र सुवास कार्की पक्राउ परेका छन् ।

Advertisement 1

इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरुलाई पक्राउ गरेको हो । विना अनुमित एक होटलमा खाजा खाइरहेका वेला कोठामा प्रवेश गरी भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको अभियोग उनीहरुमाथि छ । थप केही युट्युबरको खोजी भइरहेको झापा प्रहरीको भनाई छ । पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुनेछ ।

 

Advertisement 2

 

प्रकाशित :२०७८ भाद्र ४, शुक्रबार १९:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry