भ्रष्टाचारको भयावहः महालेखाले भन्यो, २७ अर्ब असुल गर्नू
महालेखापरीक्षक कार्यालयले मुलुकमा आर्थिक अनुशासनहीनता चुलिएको भयावह आँकडा सार्वजनिक गरेको छ।
Advertisement 1
महालेखाको वार्षिक प्रतिवेदनले बेरुजु झन उकालो लागको देखाएको छ। कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५८औं वार्षिक प्रतिवेदन अनुसार बेरुजुको आकार ४ खर्ब १८ अर्ब ८५ करोड पुगेको छ। बेरुजुमा पनि असुल गर्नुपर्ने बेरुजुलाई भ्रष्टाचारकै रुपमा लिइन्छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६र७७ मा असुल गर्नुपर्ने बेरुजुको आकार २७ अर्ब १४ करोड ९५ लाख छ । यो उक्त आवको बेरुजु अंकको २६.०१ प्रतिशत हो ।
असुल गर्नुपर्ने बेरुजु अंक त्यसअघि २०७५/७६ मा १८.२९, आव २०७४/७५ मा २५.१५ र त्यसअघि आव २०७३/७४ मा १५.४७ प्रतिशत थियो । आव २०७६/७७ मा नियमित गर्नुपर्ने बेरुजु ६२ अर्ब २६ करोड र पेश्की बेरुजु १४ अर्ब ९७ करोड छ ।
प्रकाशित :२०७८ भाद्र ४, शुक्रबार १८:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%