बदनामीमा मुछिए उपसचिव बोहरा,होला त विभागीय कारवाही ?

राष्ट्रसेवक कर्मचारीमाथि लाग्दै आएको आरोप हो,उनीहरुले पाएको र मिलेको खण्डमा कात्रोमा पनि कमिसन खान्छन् । त्यही कारण अहिले भनिन् थालेको छ,निजामती वृत्तमा ८० प्रतिशत कर्मचारी खराब र घुस्याहा छन्,२० प्रतिशतमात्र राम्रा ।
Advertisement 1
अहिले त्यस्तै खराब कर्मचारीको बोलबोला छ । तलदेखि माथिसम्म सेटिङ गरेर कमिसन विना तलको फाइल माथि नसार्ने कर्मचारीको विगविगी छ । यस्तो रोग कर्मचारीको सबैभन्दा बढी भीड हुने यातायात,मोलपोत,राहदानी विभाग हुँदै श्रम कार्यालयतिर बढी देखिन्छ । भ्रष्ट कर्मचारीहरुले यी अड्डामा कसरी जरा गाँडेका छन् र तलदेखि माथिसम्मै मिलाएर कसरी खान्छन भन्ने बुझ्न ताहाचलस्थित वैदेशिक रोजगार विभाग काठमाडौंतिर आँखा डुलाए पुग्छ । त्यहाँ अहिले कर्मचारी कम र विचौलियाहरुको विगबिगी छ ।
दशैंको मुखमा काँग्रेसी निकट कर्मचारी युनियनका एक प्युसो कर्मचारीले श्रमका उच्च पदस्थ कर्मचारीहरुलाई थर्काएर/फकाएर आफू निकटका सात कर्मचारीलाई सोही कार्यालय फिट गराइएको थियो । त्यसरी आफू निकटका खेलाडी कर्मचारीलाई फिट गराउन सफल खेलाडी नासु हुन् भूपेन्द्र अधिकारी । उनी कर्मचारी युनियनका युवा सचिव चुनिएका थिए । कर्मचारी युनियनका आडमा उनले त्यहाँ अधिकृत डिल्ली अधिकारी, कम्प्युटर अधिकृत प्रकाशचन्द्र अधिकारी, कम्प्युटर अधिकृत उन्नती अधिकारी, मनिष शर्मा, सुमन शर्मासहित उनै भूपेन्द्र ताहाचल कार्यालय पुगेका थिए । उनीहरुलाई त्यहाँ लैजाँदामात्र ३० लाखको खेलोफड्को भएको कर्मचारीहरु सुनाउँछन् । अहिले तिनै सात कर्मचारीले मात्र होइन त्यहाँका हर्ताकर्ता उपसचिव बसन्त बोहराको आतंकका कारण श्रम मन्त्रालयमा तनाव पैदा भएको छ ।
Advertisement 2
निर्वाचनको मुखमा र निर्वाचन सकिएपछि उनै उपसचिव बोहराले मन्त्रीको नाम बेचेर लाखौं उठाएको चर्चाले सिंहदरबार तातेको छ । कर्मचारीहरु नै बोहराबाट आतंकित बनेर यो कुरा कर्मचारी संगठनका नेताहरुको कानमा फुक्दै हिडेपछि अहिले सिंहदरबारस्थित श्रम मन्त्रालय मात्र होइन वैदेशिक रोजगार विभागमा समेत यो बिषयले चर्चा पाएको छ ।
मन्त्रीले १५ सयको भात खाएका छैनन्,ती उपसचिवले मन्त्रीको नाम बेचेर १५ लाख उठाएपछि चर्चा र परिचर्चा हुने नै भयो । श्रम स्रोतका अनुसार उपसचिव बोहराले श्रम मन्त्री शेरबहादुर कुँवरको नाम बेचेर असुली धन्दा नै चलाएका त्यहाँका कर्मचारीहरुको आरोप छ ।
गत मंसिर ४ को निर्वाचनको सम्मुखमा श्रम मनत्री कुँवरका लागि मत हाल्नका लागि उनका अछाम क्षेत्र नम्बर एकका मतदाता काठमाडौंबाट लैजान भन्दै चार लाख असुलेको कर्मचारीहरुले कर्मचारी ट्रेड युनियनका नेताहरुको कानमा फुकेका छन् । उनले म्यानपावर व्यवसायीले पैसा दिएनन् भन्दै त्यहाँका कर्मचारीहरुसँग पैसा उठाएर आतकिंत पारेका एक कर्मचारीले सुनाएका छन् । बदमासी गर्ने कर्मचारीका लागि १०/२० हजार सहयोग गर्नु केही गाह्रा भएन तर सुख्खा तलबमात्र थाप्ने कर्मचारीलाई मन्त्रीका नाममा महिनै पिच्छे पैसा उठाइन थालेपछि ती कर्मचारीहरु आतंकित भएर मन्त्रालयसम्म कुरा पु¥याएपछि बोहराको बदमासी छताछुल्ल भएको हो । यसरी मन्त्रीको नाम बेचेर ४ लाख उठाइए पनि उनले पैसा उठाउनु अघि नै मन्त्रीको कार्यकर्ता तथा भोटर आछामतिर गइसकेका थिए ।
Advertisement 3
चुनाव जितेर फर्किए लगतै उनै बोहराले चन्द्रागिरीमा मन्त्रीज्यूले पार्टी राख्नुभएको छ सहयोग गर्नका लागि मन्त्रालयबाट निर्देशन भएको छ भन्दै थप १० लाख कर्मचारीबीचबाटै उठाइएको स्रोतको दावा छ । तर मन्त्री निकट स्रोतका अनुसार चुनाव पछि त्यहाँ सानो भेटघाट भएको र बढी नै खर्च भएको भए ८०/९० हजार मात्र खर्च भएको छ । त्यो पनि मन्त्रीको सचिवालयबाटै त्यहाँ भुक्तानी भएको मन्त्री निकट स्रोतले जनाएको छ । तर न त मन्त्रीका लागि भन्दै मातहतको कार्यलयबाट ४ लाख उठाएर मन्त्रीका लागि भोट हाल्न यताबाट कुनै भोटरलाई अछाम नै पठाइयो । न त निर्वाचन जिते पछि कतै पार्टी नै दिने काम भएको छ । मन्त्रीले बढी खर्च गरेको भए त्यहाँ १५ सय बराबरको खाना खानुभयो होला तर उपसचिवले एउटै कार्यालयबाट मन्त्रीको नाम बेचेर १५ लाख उठाएको कुराले मन्त्रालय गर्माएको हो । यो खबर सिंहदरबारभित्रै हलचल मच्चिएपछि ती उपसचिवमाथि विभागीय कारवाही गर्ने तयारी मन्त्रालयले गरिरहेको छ ।