उपत्यकाका सिडिओका लागि दौडधुप
गृह मन्त्रालयले काठमाडौं लगायत ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी(सिडिओ)को हेरफेर तयारी थालेको छ ।
Advertisement 1
काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीलाई एक वर्ष नपुगी हटाउने तयारी भइरहेको छ । जहाँ आधा दर्जन सहसचिवको दौड छ । कांग्रेस निकट भनेर चिनिएका यज्ञ कोइराला पनि दौडधुपमा लागेका छन् त्यस्तै गृहको कर्मचारी प्रशासन महाशाखाकै प्रमुख गोविन्द रिजाल, श्रम मन्त्रालयका सहसचिव विनोद सिंह, गृहकै शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्र पोखरेल देखि तिर्थराज भट्टराई लगायत काठमाडौंको सिडिओ हुने दाउमा छन् । ललितपुर जिल्लाको प्रजिअका लागि मन्त्रालयकै अर्का वरिष्ठ सहसचिव घनश्याम उपाध्याय, हुमकला पाण्डे, तीर्थ भट्टराई र यज्ञ कोइरालाको चर्चा छ ।
त्यस्तै भक्तपुरमा ऋषि तिवारी, शम्भु मरासिनी, प्रेम भट्टराई, दीपक काफ्लेमध्येबाट एक जनाले बाजी मार्ने सम्भावना रहेको मन्त्रालय स्रोत जनाउँछ ।