वडाध्यक्षले भत्ताको रकमबाट गाउँका वृद्धहरुलाई बाँडे हर्लिक्स
सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्काले आफूले पाएको भत्ताको रकमबाट ६५ वर्ष माथिका वृद्धवृद्धाहरुलाई सोमबार हर्लिक्स वितरण गरेका छन् ।
Advertisement 1
वडाध्यक्षको हैसियतमा प्राप्त गरेको भत्ताको रकमबाट वृद्धहरुलाई हर्लिक्स र मास्क वितरण गरेको वडा अध्यक्ष खड्काले बताए । पहिलो खोप लगाउँदा वृद्धहरुलाई अर्घाखाँची अस्पतालमा लैजाँदा ५ वटा मिनी बस रिजर्भ गर्दा लागेको र दोस्रो डोज खोप वडाको स्वास्थ्य सस्थामा लगाउने भएपछि सोही बराबरको रकमबाट हर्लिक्स र मास्क प्रदान गरेका हुन् ।
कार्यक्रममा कार्यपालिका सदस्य हिमकला टमाटा, वडा सदस्य बाबुराम बस्याल, समाजसेवी हरिबहादुर खड्का, स्वास्थ्य संस्था प्रमुख सन्जु केसी लगायतले वडाध्यक्ष खड्काको कामको प्रशंसा गरेका थिए ।
प्रकाशित :२०७८ भाद्र १, मंगलवार ०५:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%