रेडक्रसका २५ नक्कली प्रमाणपत्रधारीमाथि सिआईबीको छानबिन

नेपाल रेडक्रस सोसाइटीमा नक्कली प्रमाणपत्रधारीहरुको रजगज चलिरहेको छ । करिब एक वर्ष अघि १२ साउन ०७७ को मन्त्रिपरिषद् बैठकले नेत्रप्रसाद तिम्सिना (विद्यावारिधि) को नेतृत्वमा केन्द्रीय कार्य समिति गठन गरेको थियो ।नेपाल रेडक्रस सोसाइटीमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर वर्षौंदेखि ढलीमली गरिरहेकाहरूमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले छानबिन थालेको छ ।

Advertisement 1

सिआइबीले रेडक्रसमा कार्यरत चन्द्रकला नेपाली, प्रज्ञा गौतम, सुरक्षा पौडेल, अनिल मर्हजन, सविता सिंह, उमेश मिश्र, संजिवकुमार यादव, श्रतिनाथ चौधरी, श्यामप्रसाद कोइराला, तीर्थाकुमारी कुमाल, भागनारायण झा, हरिमोहन श्रेष्ठ, पवनकुमार गुप्ता, डम्बरबहादुर विष्ट, भोजराज घिमिरे, प्रवीन मानन्धर, रामप्रसाद भण्डारी, कृष्णप्रसाद पोखरेल, जितेन्द्र गौतम, शम्भुप्रसाद निरौला, डा। प्रकाशकुमार यादव, संजयकुमार पन्थ, जयनारायण चौधरी र डा। मनिता राजकर्णिकारको शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, निजहरुको तीनपुस्ते विवरण, सम्पर्क नम्बर, कार्यरत पद लगायतका विवरण मागेको छ ।

Advertisement 2

नेपाल रेडक्रसमा नक्कली प्रमाणपत्रधारीहरु उपनिर्देशकदेखि अधिकृतसम्म छन् । रेडक्रसमा खासगरी भारत, चीनमा अध्ययन गरेको भनेर पेश गरिएका प्रमाणपत्रहरुलाई शंकाको घेरामा राखेर छानबिन गरिएको थियो ।

 

प्रकाशित :२०७८ श्रावण ३२, सोमबार ०७:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry