२ प्रमुख जिल्ला अधिकारी सहित ३ सहसचिवको सरुवा

काठमाडौं। गृह मन्त्रालयले भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित तीन सहसचिवको सरुवा गरेको छ। अर्घाखाँचीका प्रजिअ वेदप्रसाद खरेललाई गृह मन्त्रालयमा ल्याएको छ।

Advertisement 1

भक्तपुरका प्रजिअ गोपालप्रसाद पोखरेललाई अर्घाखाँची सरुवा गरिएको छ भने भक्तपुरमा गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डेलाई खटाइएको छ । उनै पाण्डे हुन जो कास्कीबाट केहि दिनअघि मात्र मन्त्रालय सरुवा भएको थियो।

पछिल्लो समय गृह मन्त्रालयले कर्मचारी व्यवस्थापनलाई नियालि रहेको छ। सहसचिव दरबन्दीमा उपसचिव प्रजिअहरूलाई हटाएर सहसचिवलाई जिम्मेवारी दिइएको छ भने अतिरिक्त(बरण्डा)मा रहेका सहसचिवको व्यवस्थापन गरिएको छ।

प्रकाशित :२०८२ असार ५, बिहीबार १७:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry