बीपी प्रतिष्ठानमा अख्तियारको छापा

प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार छापा मारेको छ ।

Advertisement 1

अख्तियारको केन्द्रबाटै गएको एसएसपी टेकबहादुर तामाङ नेतृत्वको ५ जनाको टोली प्रतिष्ठानको कार्यालयमा पुगेर त्यहाँका केही कागजात लिएको हो । अख्तियारको इटहरीस्थित कार्यालयले समन्वय गरिरहेको छ । बीपी प्रतिष्ठानको खरिद र निर्माण उजुरी परेको सम्बन्धमा छानबिनका लागि हामी आएका हौं छानबिन सुरु गरेका छौं । केही दिन सम्म लाग्छ । केही कागजहरु लिएर गएका छौं,’ एसएसपी तामाङले भने ।

 

प्रकाशित :२०७८ श्रावण २८, बिहीबार १४:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry