जीटीनको साधारणसभा असार ७ गते मंगलबार हुने

गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) को नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन यहि असार ७ गते मंगलबार हुने भएको छ । अधिवेशन काठमाडौंको गोकर्ण हाउस रेष्टूरेन्ट पकनाजोलमा हुने छ ।
Advertisement 1
उक्त साधारणसभामा बार्षिक प्रगति प्रतिवेदन, आयव्यव प्रस्तुत गरिनुका साथै अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष अम्बिर गुरुङले जानकारी दिए । सोही अवसरमा विभिन्न व्यक्तित्वलाइ सम्मान तथा सञ्चारकर्मीलाई ‘डाक्टर हर्क गुरुङ तथा जीटीन पत्रकारिता पुस्कार’ प्रदान गरिने अध्यक्ष गुरुङले बताए । कोरोनाको महामारीले पर्यटन क्षेत्र अति नै प्रभावित भएता पनि गुरुङ व्यवसायीहरुको सक्रियतामा राहात धेरै ठाउामा वितरण गरेका थिए ।
पर्यटन व्यवसायमा संलग्न भएका गुरुङहरुलाई एकताबद्ध बनाउने उद्देश्यले वि. सं २०६८ सालमा जिटिन स्थापना गरिएको हो । हालसम्म सहमतिमै कार्यसमिति छनौट हुँदै आएको छ ।
Advertisement 2