५ लाख भन्दा बढीको अवैध सामान बरामद

सशस्त्र प्रहरी बल सुनसरीले ५ लाख भन्दा बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले हिजो राती ५ लाख ६ हजार ३ सय ५० रुपैया बराबरको भन्सार छलीको अवैध सामन बरामद गरेको हो ।
Advertisement 1
हरिपुर बिओपि, बसन्तपुर बिओपि, अमडुवा, बिओपि साहेबगंज, बिओपि उल्टी र बिओपि हार्मोनीबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको र नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा बरामद गरेको सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाद सिग्देलले जानकारी दिए ।
Advertisement 2
नायव उपरीक्षक सिग्देलका अनुसार सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लत्ताकपडा, किराना सामान, सनपापडी, सिमलको कपास, सुर्ती, मदिरा र खुकुरी चुरोट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको छ । यसै गरी बरामद गरिएको १५ किलो प्रतिबन्धित मुग्री माछा स्थानिय भद्रभलादमी, स्थानिय जनप्रतिनिधिहरुको रोहवरमा कार्यालय परिसरमा खाडल खनि नष्ट गरिएको उनले बताए।
Advertisement 3