नयाँ हाकिम खोज्दै बालेन साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खोजिरहेका छन् । महानगर अन्तर्गतको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कर्मचारी नियुक्त गर्ने विषयमा कार्यपालिकाले गरेको निर्णय किर्ते गरेको आरोप महानगरका प्रमुख प्रशासकीय अधिृकत बसन्त अधिकारीमाथि लागेको छ। सोमबार बालेनले उनको कार्यकक्षमै ताला ठोकिदिए । मंगलबार भने अधिकारीले चढ्दै आएको सरकारी गाडी समेत महानगरपालिकाले खोसेको छ ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मेयर साहले काठमाडौ महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयका उच्च कर्मचारीहरूलाई आग्रह गरेका छन्। यद्यपि अधिकारी महानगरबाट सरुवा नहुन लविङ गरीरहेका छन्। महानगरपालिकाले अहिले निमित्तको जिम्मेवारी सीताराम कोइरालालाई दिएको छ ।

प्रकाशित :२०८० पुष २७, शुक्रबार १६:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry