सरकारी सम्पत्ति र नगद नबुझाउने उपसचिवको तलब रोक्का

प्रदेश नम्बर २ प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जितकुमार यादवको तलब रोक्का गरिएको छ । काठमाडौंस्थित संघीय संसद् सचिवालयले कारवाहीस्वरूप यादवको तलब रोक्का गर्न लगाएको हो ।

Advertisement 1

तीन वर्षअघि संघीय संसद् सचिवालयमा उप(सचिव पदमा कार्यरत रहेका यादवले रमाना नै नलिई तथा बरबुझारथ नै नगरी प्रदेश सभामा आफूखुशी काम गरिरहेका कारण तलब रोक्का गर्न लगाइएको हो ।प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको पत्रमा उपसचिव यादवले रमनासमेत नलिई प्रदेशमा हाजिर भएको उल्लेख छ ।

पटक–पटक ताकेता गरे पनि अटेरी गरेको, पत्राचार गर्दा जवाफ नदिएको र सार्वजनिक सूचना प्रकाशन गर्दासमेत कुनै प्रतिक्रिया नदिएको पत्रमा पनि उल्लेख छ । वित्तीय उत्तरदायी ऐनानुसार उनको नाममा रहेको पेस्की फर्छ्योट र जिन्सी बरबुझारथ नगरेसम्म तलब–भत्ता रोक्का राख्न संघीय सचिवालयको निर्णयानुसार अनुरोध गरिएको हो ।

Advertisement 2

यादवले संघीय संसद् सचिवालयबाट लिएको पेस्कीबापतको ५४ हजार ३०० रुपैयाँ नगद, एकथान मोटरसाइकल र एकथान ल्यापटपसहित विभिन्न जिन्सी सामानहरू हालसम्म नबुझाएको बुझिएको छ । यता, यादवले भने सुरुमा आफू काजमा खटिएको हुनाले बरबुझारथ गर्न नसकेको बताए । “एक महिनाको लागि प्रदेशसभा सचिवालयमा काजमा आएको थिएँ,” उनले भने, “पछि यतै सरुवा भयो । त्यसपछि म काठमाडौं जानै पाइनँ ।”

प्रकाशित :२०७८ श्रावण २८, बिहीबार १०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry