उत्कृष्ट कर्मचारीका रूपमा चार इन्जिनियर सम्मानित

शहरी विकास तथा भवन मन्त्रालयअन्तर्गत आव २०७७/७८ मा सञ्चालित वार्षिक विकास कार्यक्रमहरूको कार्यान्वयन, आयोजनाको समग्र व्यवस्थापन, बेरुजु फछ्र्यौंट एवं आन्तरिक व्यवस्थापन सुधारमा उत्कृष्ट कार्य सम्पादन गरे वापत् बिहीबार ४ जना इन्जिनियरलाई उत्कृष्ट कर्मचारी घोषित गर्दै सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ ।

Advertisement 1

सम्मानित हुनेमा सघन शहरी तथा भवन निर्माण आयोजना जुम्लाका आयोजनाका प्रमुख सिडीई जगदीश लामिछाने, सघन शहरी तथा भवन निर्माण आयोजना दाङका सिडीई सहिन्द्र कुमार देव, सघन शहरी तथा भवन निर्माण आयोजना पर्साका सिडीई प्रदिप कुमार र सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका आप्रई कृष्ण कुमार महर्जन रहेका छन् ।

प्रकाशित :२०७८ श्रावण २५, सोमबार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry