सहसचिव इ. गणेशराज वस्तिको कविता :- जाने होइन मुग्लान!

बनमारा झार
सुखमारा दु:ख!
यसै विचमा पनि
हुन्छ है बढेर
बडोमाको रूख!
कर्ममा डट
अहोरात्र खट
सुखमारा दु:खलाई
डा-डाडै लखट!
लगाउ बूट
जगैबाट उठ
यस्तै हुन् यहाँका
पाइन्ट र सूट!
नहोऊ हतास
कात
बत्ति सुस्तरि
मिलाउ कपास!
हात्तिपाइले कस
डिपिसि बसाउ
यहीँका पाखामा
पसिना मिसाउ!
उराठ छन् दिन
भनी ठान्दै नठान
ढलान गर घर
सिमेन्टको घान हान।
सुखको घरको
गर छाना ढलान
जाने होइन अब
विदेश वा मुग्लान!
प्रकाशित :२०७८ श्रावण २३, शनिबार १३:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry