काठमाडौंमा निषेधाज्ञा कडा पार्न सीडीओहरूको बैठक बस्दै
उपत्यकामा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओ को बैठक बस्दै छ।
Advertisement 1
आज अपराह्न ४ बजे काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार बैठक आज आज अपराह्न ४ बजेपछि बस्ने तयारी छ। ‘आजको बैठकले निषेधाज्ञाको अवधि थप गर्ने र यसलाई अझ वैज्ञानिक बनाउने निर्णय गर्छ,’ प्रमुख जिल्ला अधिकारी निरौलाले मंगलबार बिहान भने, ‘आज साँझसम्म निर्णय सार्वजनिक होला।’
Advertisement 2
उनका अनुसार वैज्ञानिक बनाउने भनेको कोरोना संक्रमण बढेकाले पहिलेभन्दा केही कडा बनाउने भनिएको हो। सीसीएसमीको बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्रतिनिधित्व गरेको र त्यसअनुसार निषेधाज्ञाको स्वरूप निर्धारण हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए।