सचिवहरुको सरुवा “क्याडर बेस”मै गर्ने सरकारको तयारी

नयाँ सरकार गठनसँगै प्रशासकहरुको हेरफेर शुरु भएको छ । गत १२ साउनको मन्त्रिपरिषद्को बैठकले तीन सचिवको जिम्म्ेवारी हेरफेर गरेको छ । क्याविनेटले अर्थ सचिव शिशिरकुमार ढुंगनालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगेको छ भने महालेखा नियन्त्रक मधु मरासिनीलाई अर्थमा ल्याएको छ । यस्तै अर्थकै क्याडर लक्ष्मण अर्याललाई स्वास्थ्यबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको छ ।

Advertisement 1

प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवहरूको सरुवा विवादरहित तरिकाले योग्यता र नियमानुसार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कार्यालयका अधिकारीहरु बताउँछन् ।

यसै साता सम्पन्न सचिवहरुको बैठकमा मन्त्रीको चाहनामा पनि सचिवको हेरेफेर हुने गरेकोमा अब त्यसलाई सुधार्दै सचिवको सरुवा मन्त्रीको चाहनामा नभई प्रधानमन्त्रीकै चाहनामा हुनुपर्ने कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उठेको थियो ।

Advertisement 2

सचिव सरुवा हुने चर्चासँगै आकर्षक मन्त्रालयका रूपमा लिइने गृह सचिवका लागि दौडधुप शुरु भएको छ । यसअघि नै क्याडर र क्षमताका आधारमा सरुवा नगरेकोमा असन्तुष्टि जनाएका गृहका दाबेदार सचिवहरू अहिलेको सरकारले न्याय गर्ने आशामा छन् ।

सरकार गठनसँगै गृह सचिवको सूचीबारे छलफल भए पनि गृहमन्त्रीले यो एउटै मात्र दलको सरकार नभई धेरै दल सम्मिलित भएको र छलफल गरेर मात्रै जाँदा राम्रो भएकाले केही दिन रोकौं भनेपछि त्यति बेला गृह सचिवको सरुवा रोकिएको थियो ।

Advertisement 3

दौडधुप गरेकै र शक्तिकेन्द्र धाएकै आधारमा सचिवको सरुवा गर्दा कर्मचारीतन्त्रबाट सरकारले राम्रो काम लिन नसक्ने भएकाले अनुभव र क्षमताकै आधारमा सरुवा गर्नेबारे छलफल भइरहेको पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

प्रकाशित :२०७८ श्रावण १७, आईतवार ०९:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry