गण्डकी प्रदेश सरकारले नीति कार्यान्वयनमा जोड दिने

गण्डकी प्रदेश सरकारले नीति कार्यान्वयनमा जोड दिने भएको छ । गण्डकी प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मीको अध्यक्षतामा बसेको वैठकले प्रदेश सरकारको स्वेतपत्र, आवधिक योजना,वार्षिक नीति र कार्यक्रम,बजेट तथा क्षेत्रगत नीतिको प्रभावकारिता हुने किसिमबाट काम गर्न सवै मन्त्रालयहरुले एक महिना भित्र कार्ययोजना बनाइ काम गर्ने र आवधिक योजना,वार्षिक नीति र कार्यक्रम,बजेट तथा क्षेत्रगत नीतिको प्रभावकारिता ल्याउने निर्णय गरेको छ । वैठकमा प्रमुख सचिव डा दामोदर रेग्मीले प्रदेशका नीतिलाई वास्तविकतामा रुपान्तरण गर्न सवै सचिवहरुको भूमिका महत्वपूर्ण हुने हुदा आगामी बैठकमा कार्ययोजना र परिणामको स्पष्ट खाका पेश गर्न अनुरोध गरे ।

Advertisement 1

नीति योजना आयोगका उपाध्यक्ष डा रघुनाथ काफ्लेले प्रमुख सचिवको सक्रियतामा भैरहेका नीति कार्यान्वयनका प्रयासले सार्थकता पाइरहेको र यस्ता प्रयासहरुले प्रदेश गौरवका आयोजना कार्यान्वयनमा सहयोग पुग्ने विश्वास गरे । अर्थ मन्त्रालयका सचिव रमेश के सीले गण्डकी प्रदेशले अन्य प्रदेश भन्दा वढी अर्थात ८८ प्रतिशत पूंजीगत खर्च गर्न सफल तथ्यांक प्रस्तुत गरे । वैठकमा गण्डकी प्रदेशका सवै मन्त्रालय र निकायका सचिवहरुको उपस्थिति रहेको थियो ।सवै सचिवहरुले नीति कार्यान्वयनमा आ आफ्नो भूमिका सकारात्मक रहने वताए ।

यसै गरि प्रमुख सचिव डा दामोदर रेग्मीको अध्यक्षतामा वसेको प्रदेशका सुरक्षा प्रमुखहरुको वैठकले प्रदेशको सुरक्षा व्यवस्थापनमा सवै सुरक्षा निकायहरुको भूमिका प्रभावकारी वनाउने निर्णय गरेको छ । वैठकमा नेपाली सेनाका व्रिगेडियर जनरल कुमार वावु थापा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डि आइ जी हरु क्रमश दिवेश लोहनी र नारायण पौडेल तथा प्रदेश सचिवहरु केदारनाथ शर्मा र इन्दु घिमिरेको उपस्थिति रहेको थियो ।

प्रकाशित :२०७८ श्रावण ६, बुधबार ०७:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry