तीन वर्ष चार महिनामा बालुवाटार छोड्दै प्रधानमन्त्री ओली, बालकोट सर्ने साइत भोली

दुई तिहाई बहुमतसहित सरकारमा सामेल प्रधानमन्त्री केपी शर्मा ओली अन्तत सत्ताच्यूत भएका छन् । तीन बर्ष अघि ०७४ साल फागुनमा दोश्रो पटक वालुवाटार प्रवेश गरेका प्रधानमन्त्री ओलीले दोश्रो संसद बिघटनलाई सर्वाेच्चले उल्टाइदिएसँगै उनी सत्ताच्यूत भएका छन् । विसं २०७४ फागुन ३ मा नियुक्त भएका उनी तीन वर्ष चार महिना प्रधानमन्त्रीमा रहेका थिए । सत्ताच्यूत भएसँगै प्रधानमन्त्री ओलीले सरकारी निवास (बालुवाटार) छाड्ने तयारी गर्दैछन् । वालुवाटार छाड्नु अघि उनले शवासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले २ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन्।
प्रधानमन्त्री केपी ओलीको निजी निवास बालकोट सर्ने साइत भोलिलाई सरेको छ । आज दिउँसो पार्टी स्थायी समितिको बैठक र बेलुकासम्ममा सामानहरुको प्याकिङ्ग सक्ने तयारी वालुवाटारको तयारी छ ।

Advertisement 1

राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार आज साँझ ५ बजे देउवालाई प्रधानमन्त्री पदको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ। देउवा पाँचौंपटक प्रधानमन्त्री बन्न लागेका हुन्। यसअघि उनले चारपटक मुलुकको सत्ता नेतृत्व गरिसकेका छन्। देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेका छन्। आज बेलुका प्रधानमन्त्री नियुक्त हुने शेरबहादुर देउवा भने साइत हेराएर दुई चार दिनपछि बल्ल बालुवाटार सर्नुहुने छ ।

प्रकाशित :२०७८ असार २९, मंगलवार १३:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry