साढे तीन लाख भ्याट विल बढाएपछि अख्तियारको फन्दामा हाकिम साहेब

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर. ७, गोरखास्थित झाक्रीचोकदेखि टाकुसम्मको सडक निर्माणमा अनियमितता भएको भन्दै गाउँपालिाका प्रशासकीय अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Advertisement 1

बारपाक सुलिकोट गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ, लेखापाल गंगा बहादुर घले र इन्जिनियर सुजन अंगाईले बारपाक सुलिकोट गाउँपालिका अन्तर्गत झाक्रीचोक धारापानी देउराली बहाकोट सडक निर्माण कार्य अन्तर्गत सफ्ट सोयलको भए–गरेको वास्तविक कार्यभन्दा बढी परिमाणको दरले हुन आउने बढी रकम रु. ३,६८,४२०.१७ (भ्याट सहित) बढाई फिल्ड मेजरमेन्ट सिट तयारी पारी भ्रष्टाचार गरेको आयोगले जनाएको छ । निर्माण व्यवसायी सोम एण्ड अमर कन्स्ट्रक्सन प्रा।लि।का अमर बहादुर गुरुङविरुद्ध समेत आयोगले मुद्दा चलाएको छ ।

साथै साविक लहँ गा।वि।स।मा तत्कालीन समयमा सचिव पदमा कार्यरत दिपक सुनारले बिभिन्न आ.व. मा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी रु.४,४०,४००। सम्बन्धित व्यक्तिहरुलाई नबुझाई अनियमित तवरले खर्च देखाई सरकारी रकम हानिनोक्सानी एवं हिनामिना गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा निज दिपक सुनारलाई बिगो रु।४,४०,४००।–(चार लाख चालीस हजार चार सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम उक्त बिगो रकम निजबाट असुलउपर हुनसमेत मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रकाशित :२०७८ असार २८, सोमबार ०९:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry