सिफारिस गर्दा दुई प्रतिशत दस्तुर
प्रदेश सरकार मातहतका योजनाको भुक्तानी लिन सिफारिस गरेबापत बान्नीगढी जयगढ गाउँपालिकाले दुई प्रतिशत रकम राजस्व लिने गरेको पाइएको छध्रगाउँपालिकाभित्र सञ्चालन भएका योजना सिफारिसमा कुल रकमको दुई प्रतिशत सिफारिसका लागि बुझाउन पररको उपभोक्ता समितिका पदाधिकारीको गुनासो छध्र सोही गाउँपालिका–३ मा रहेको नन्दा आधारभूत विद्यालयको भवन निर्माणमा सुदूरपश्चिम प्रदेश सरकारबाट आएको २० लाख रुपियाँको योजनाको भुक्तानीका लागि काम सम्पन्नताको सिफारिस लिन ४० हजार तिर्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर ठकुल्लाको भनाइ छध्रगाउँपालिकाको केन्द्र नजिकै रहेको सरस्वती माविको दुई कोठे भवन ४० लाख रुपियाँमा निर्माणको अन्तिम भुक्तानीका लागि प्रदेश सरकारबाट लिन सोको सिफारिसका लागि ८० हजार रुपियाँ बुझाइएको छध्र त्यस्तै, खोलीखेत–जुम्लाआम सिँचाइ कुलो निर्माणको रकम भुक्तानीको सिफारिसका लागि आफूले छ हजार रुपियाँ वडामा दस्तुर तिरेको कुलो निर्माणमा संलग्न ‚थानीयवासी देवेन्द्रबहादुर थापाले बताउनुभयोध्र योजनाको जम्मा रकमको áदुई प्रतिशत रकम सिफारिसकै लागि रकम बुझाउन बाध्य भएपछि उपभोक्ता समितिका पदाधिकारी मर्कामा परेको उहाँहरूको गुनासो छध्र “सिफारिसका लागि भनेर त्यति ठूलो रकम आउँदैैन, बाध्यताले तिर्नुपरेको छ,” एक उपभोक्ता समितिका अध्यक्षले भन्नुभयोध्रआर्थिक ऐन २०७७ अनुसार नै दुई प्रतिशत रकम सिफारिसका लागि दस्तुर लिएको गाउँपालिका उपाध्यक्ष लोकबहादुर साउदको भनाइ छ । उपाध्यक्ष साउदका अनुसार थानीयको गुनासोको बारेमा छलफल गर्न सकिने भनाइ छध्रसिफारिसकै लागि जम्मा योजनाको दुई प्रतिशत रकम तिर्न परेपछि योजनाको गुणस्तरीयताका बारेमा पनि प्रश्न उठ्ने गरेको ।