यी हुन सचिव बढुवाको प्रबल दाबेदार ३० सहसचिवहरु

तीन महिनाको रिक्ततापछि लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएका छन् ।
यो सँगै रिक्त रहेका पदपूर्ति र बढुवा प्रक्रिया प्रारम्भ भएको छ ।
सोमबारमात्र सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले बरिष्ठ सहसचिव डा दामोदर रेग्मीको नाम सचिव बढुवाका लागि सिफारिस गरेको छ ।
उनी तीन महिना अघि नै सचिव बढुवा हुनुपर्नेथ्यो तर बढुवा सिफारिस गर्ने निकाय पदाधिकारीविहिन हुँदा बढुवा हुन सकेका छैनन् । अहिले प्रशासन,कृषि,इञ्जिनियरिग लगायत सेवाबाट १० सचिव रिक्त हुँदैछ । असार तेश्रो साता अरु दुई सचिव अवकाश पाउँदैछन् । अवकाशको मुखमा रहेका सचिवहरुमा रेश्मीराज पाण्डे र महेन्द्रप्रसाद गुरागाई छन् । चैत्रदेखि यता असार संक्रान्तिसम्ममा १० सचिव पद रिक्त छ । अहिले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,कृषि तथा पशुपक्षी मन्त्रालय,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण,मानव अधिकार आयोगसहित गण्डकी,कर्णाली प्रदेश प्रमुख विहिन छ ।
राष्ट्रपति कार्यालयमा कार्यरत डा हरि पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति लिएसँगै सो पद रिक्त छ । यस्तै उपराष्ट्रपति कार्यालयका गोपीनाथ मैनालीले गत १ असारमा अवकाश पाएसँगै १० सचिव पद रिक्त हुन पुगेको छ । यस्तै,प्रधानमन्त्री कार्यालयबाट अवकाश पाउनु अगावै तीर्थराज ढकालले स्टाफ कलेजमा जागिर खाने व्यवस्था मिलाइसकेका छन् भने गण्डकी प्रदेशबाट अवकाश पाएका विष्णु नेपाल भोलीपल्टै त्यहाँको लोकसेवा आयोगको अध्यक्ष नियुक्त भएका छन् । बाग्मती प्रदेशका मानबहादुर बिके, चन्द्रमान श्रेष्ठ, विश्वनाथ ओली, मधुसुदन अधिकारी, सञ्जय शर्माहरु खाली हात घर फर्किदा खानेपानीमा कार्यरत माधव बेल्वासेले लोकसेवा आयोगको आयुक्तमा नियुक्ति लिएका छन् ।

Advertisement 1

लोक सेवा आयोगका अध्यक्ष नेतृत्वको सिफारिस समितिले रिक्त पदको तीन गुणा बढी सहसचिवको नाम सिफारिस गर्नेछ । जसअनुसार ३० सहसचिवको नाम सिफारिस हुनेछ ।

इञ्जिनियर सेवा समूहबाट सचिव बन्ने लाइनमा सुशील तिवारी,प्रमिला बज्राचार्य र केशव शर्मा छन् ।

Advertisement 2

यस्तै कृषि सेवातर्फ अन्याय भुक्तमान गर्दै आएका सहसचिव हुन कृष्ण आचार्य । उनी २ बर्ष अघि देखि नै सचिव बढुवा सिफारिस भएर पनि सचिव बन्न सकेका छैनन् । उनीभन्दा पछि सिफारिस भएकायोगेन्द्र कार्की र पेमनारायण कँडेल सचिव बनिसकेका छन् । सो समूहबाट सचिव बन्ने लाइनमा गोविन्द शाह,डा विमलकुमार निर्मल लगायत छन् ।

यता लामो समयदेखि स्वास्थ्य मन्त्रालयमा प्राविधिकको दरबन्दी कटौती गरी प्रशासनको कर्मचारीलाई सचिवको जिम्मेवारी दिँइदै आएको छ । स्वास्थ्य सेवाबाटै सचिव बनाइनुपर्ने मुद्धा चर्काे रुपमा उठ्दै आएको छ । गत ०७६ पुस २१ गते स्वास्थ्य सचिव डा। पुष्पा चौधरीले दिएको राजीनामा स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव पद रिक्त छ। स्वास्थ्य सेवा ऐनको दफा १९ को सचिव सम्बन्धी व्यवस्थामा सचिवको नियुक्ति स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत वा एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने व्यवस्था छ। सो व्यवस्था अनुसार सचिवका दावेदारमा महेन्द्र श्रेष्ठ, रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंहबीच प्रतिष्पर्धा छ ।

Advertisement 3

यस्तै प्रशासन सेवातर्फबाट  दामोदर रेग्मी, कृष्णहरी पुष्कर कर्ण, किरणराज शर्मा, राम प्रसाद घिमिरे, हरि प्रसाद मैनाली, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, मुकुन्द निरौला, रामेश्वर दंगाल,कृष्ण कुमार राउत,रविलाल पन्थ, शंकर खरेल, विनोद प्रकाश सिंह, गोपीकृष्ण खनाल, घनश्याम उपाध्याय, राधिका अर्याल, दीपक काफ्ले, दिनेश कुमार घिमिरे, नारायण प्रसाद शर्मा दुवाडी, केदारनाथ शर्मा, प्रेम कुमार श्रेष्ठ, लोकनाथ पौडेल, गोविन्द बहादुर कार्की, महादेव पन्थ, काशिराज दाहाल, रघु बिष्ट, बाबुराम अधिकारी, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल पनि सिनियर हुन् । उनीहरुमध्येबाट नै सचिव बढुवा हुने सम्भावना छ ।

प्रकाशित :२०७८ असार १५, मंगलवार १२:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry