अध्ययनका नाममा पछिल्लो ५ बर्षमा १९८३ कर्मचारी पुगे विदेश,भगौडा कर्मचारी पनि उस्तै

पछिल्लो पाँच बर्षको अवधिमा मात्र १९ सय ८३ कर्मचारी सरकारी कोटाबाट बिदा लिएर अध्ययनका लागि विदेश पुगेको अभिलेख प्राप्त भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको निजामती किताबखानाका अनुसार पछिल्लो पाँच बर्षमा यी कर्मचारी अध्ययन बिदा लिएर विदेश पुगेका हुन ।

Advertisement 1

छिमेकी मुलुक चीन,अमेरिका,जापान,अस्ट्रेलिया, क्यानडा, बेलायतल,भारतगायतका मुलुकमा उनीहरु अध्ययनका लागि पुगेका हुन । जसमध्ये तलबी बिदा लिएर अध्ययनका लागि विदेश पुग्ने कर्मचारीको संख्या धेरै छ । केही कर्मचारीहरुले पनि बेतलबी बिदामा विदेश गएका छन् । किताबखानाको अभिलेख अनुसार १ बर्षे,दुई बर्षे,तीन बर्षे र पाँच बर्षे अध्ययन बिदा लिएर कर्मचारीहरु विदेश पुगेका छन् ।

तर यसरी अध्ययन वा तालिमका नाममा विदेश पुगेर स्वदेश फर्किएर समेत उचित जिम्मेवारी नपाउँदा ती कर्मचारीमाथि गरिएको लगानी बालुवामा पानी बन्न पुगेको छ । वैदेशिक छात्रवृत्तिमा गएका निजामती कर्मचारीले एउटा क्षेत्रको ज्ञान लिएर आउँछन्, जिम्मेवारी अर्कै पाउँदा उनीहरूले विदेशमा लिएको विषयविज्ञताको पनि देशमा सदुपयोग गर्न नसकेको प्रशासकहरु सुनाउँछन् ।

Advertisement 2

भगौडा कर्मचारी बढ्दै

यसरी अध्ययनका नाममा विदेश जाने र उतै पलायन हुने कर्मचारीको संख्या बढ्दै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासनका एक अधिकारीका अनुसार,यसरी अध्ययन बिदा लिएर उतै पलायन हुने कर्मचारीको संख्या ५ सयभन्दा माथि छ । सरकारी सुविधामा विदेश अध्ययनमा जाँदा फर्केर राष्ट्रको सेवा गर्ने कबुलियत गरेर सरकारकै कोटामा विदेश जाने, उतै आफ्नो परिवार र जहानलाई तान्ने र उनीहरुकै नाममा पिआर तथा ग्रीनकार्ड लिएर हुने कर्मचारीको संख्या बढ्दै गएको हो ।

Advertisement 3

जस्तो अघिल्लो बर्षमात्र कृषि मन्त्रालयका ११ प्राविधिक कर्मचारी विदेशबाट फर्किएनन् ।

वन सेवाका झण्डै आधा दर्जन कर्मचारी उसैगरी विदेश भासिए ती नेपाल फर्किएनन् । यसरी हराउनेमध्येका एक हुन्, खानी तथा भूगर्भ विभागका इन्जिनियरिङ सेवा, मेटालर्जी समूहका धर्मेन्द्र ठाकुर । जो असाधारण बेतलबी बिदा स्वीकृत गराएर १८ जेठ २०६७ नेदरल्याण्ड हानिए । ११ बर्ष व्यतित भइसक्दा समेत उनी सम्पर्कमा आएका छैनन । तीन बर्षको अध्ययन बिदा स्वीकृत गराएर अमेरिका हानिएका अर्को जियोलोजिस्ट रोशन कोइराला पनि भासिए । स्वदेश फिरेनन् । भूमी व्यवस्था मन्त्रालयका प्रमुख नापी अधिृकत नवराज सुवेदीले पाँच वर्षको असाधारण बिदा लिएर अष्ट्रेलिया हानिएका अझैं स्वदेश फर्किएका छैनन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका बाली संरक्षण अधिकृत भीम चौलागाईं यसैगरी वैदेशिक अध्ययनका नाममा विदेशिएर हराएको बर्षौ भयो । सम्पर्कमा नआएपछि उनको नाममा हालै मात्र पत्रिकामा सूचना प्रकाशन गरेको छ मन्त्रालयले । कृषि मन्त्रालयकै ११ कर्मचारी सम्पर्कबिहिन भएपछि ती माथि कारवाहीको डण्डा स्वरुप जागिरबाटै बर्खास्त गरेको छ मन्त्रालयले । बर्खास्त भएकामध्ये उपसचिव खड्गसिंह विष्टसहित,पशु विकास अधिकृत यादव शर्मा बजगाईं,वागवानी विकास अधिकृत सुरेश घिमिरे लगायत छन् ।

प्रकाशित :२०७८ मंसिर १६, बिहीबार ०९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry