वनको कर्मचारी हुँ भन्दै रकम असुली

वनको कर्मचारी हुँ भन्दै काठ मिलसँग असुली गर्ने दुई दुइ जना पक्राउ परेका छन् । उनीहरुसँग पत्रकार परिचय पत्र समेत रहेको छ । फर्निचर उद्योगहरुमा वनको कर्मचारी हुँ, आर्थिक सहयोग नगरे राम्रो नहुने भन्दै चेतावनी दिने दुई जनालाई इलाका प्रहरी कार्यालय सिजुवाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ ।

Advertisement 1

उनीहरुले नक्कली पत्रकार र वनका कर्मचारी बनेर काठ मिल र फर्निचर उद्योगलाई धमक्याई रकम ठगी गर्दै आएको रहस्य खुलेको छ । प्रहरीले उनीहरुको साथबाट विभिन्न साप्ताहिक र दैनिक पत्रिकाका परिचयपत्र,नगदी रसिद,चन्दा उठाउन प्रयोग गरेको डायरी र नगद ३३ हजार बरामद गरेको छ ।उनीहरुले सृष्टि साप्ताहिक,सन्देश दैनिक समाचारपत्र,कान्तिपुर पोष्ट, जनमत र बराह साप्ताहिकलगायत पत्रपत्रिकाको नक्कली परिचयपत्र देखाएर आफूलाई संवाददाता भन्ने गरेका थिए ।

पक्राउ परेका नक्कली पत्रकार तथा कर्मचारी चौहान र सिग्देलले धम्क्याएर एक लाखभन्दा बढि रुपैयाँ अवैध संकलन गरेको बरामद डायरीबाट खुलेको छ ।

Advertisement 2

प्रहरीका अनुसार उनीहरुले मोरङको उर्लाबारी,रंगेली,सुनवर्षी,अमरदह, बेलबारी बाहुनी,रन्जनी,होक्लाबारी, रमाइलो डाँगीहाट,रतुवामाई, बबियाविर्ता,डायनियाँ लक्ष्मीमार्गलगायत स्थानमा रहेका फर्निचर उद्योग र काठमिलबाट न्यूनतम दुई हजारदेखि १५ हजार रुपैयाँसम्म असुलेको पाइएको छ ।

प्रकाशित :२०७८ असार ७, सोमबार १२:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry