स्थिर सुनचाँदीको भाउ

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सोमबारकै मूल्यमा सुनचाँदी कारोबार भइरहेको हो।
Advertisement 1
मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ तथा तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
त्यस्तै मंगलबारका लागि चाँदीको मूल्य १ हजार ७९० रुपैयाँ प्रतितोलाका दरले तोकिएको महासंघले जानकारी दिएको छ। सोमबार पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो।
प्रकाशित :२०८१ श्रावण ८, मंगलवार १२:२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%