रमेश वडाल महान्यायधिवक्तामा नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् । आजै महान्यायधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि रिक्त रहेको सो स्थानमा वडाललाई नियुक्तिको सिफारिस गरिएको हो । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय सचिव समेत रहेका वडाललाई श्रम कानूनका विज्ञ मानिन्छन् । पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो प्रचण्ड माधव पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए । उनी निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए ।
Advertisement 1
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको उच्च स्रोतले जनाएको छ ।
प्रकाशित :२०७७ चैत्र ६, शुक्रबार १५:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%