ताँजाकोटको विकासलाई प्राथमिकता दिइएको छः मुख्यमन्त्री शाही

हुम्ला। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले हुम्लाको ताँजाकोट गाउँपालिकाको भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।

Advertisement 1

‘गाउँपालिका अध्यक्ष शैक्षिक गुणस्तर तथा अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम–२०८३’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली करिडोरदेखि ताँजाकोट जोड्ने सडक स्तरोन्नतिको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

उनले ताँजाकोटको पर्यटकीयस्थल रानीसैनको प्रचारप्रसार र प्रवद्र्धनमा प्रदेश सरकार सक्रिय रहेको बताए।

Advertisement 2

मुख्यमन्त्री शाहीले पछिल्लो १० वर्षमा ताँजाकोटको मुहार परिवर्तन हुनु सङ्घीयता र समावेशिताको उपलब्धि भएको उल्लेख गरे।

गाउँपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको उक्त शैक्षिक सप्ताहमा स्थानीय विद्यालयबीच ५० भन्दा बढी विधामा प्रतिस्पर्धा गराइँदै आएको छ। प्रतिस्पर्धामा प्रथम हुने विद्यालयलाई रु एक लाख, द्वितीयलाई रु ७५ हजार, तृतीयलाई रु ५० हजार र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई रु २५ हजार पुरस्कार प्रदान गरिँदै आएको छ।

Advertisement 3

गाउँपालिका अध्यक्ष लालकेश जैसीका अनुसार, विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्नाका साथै उनीहरूको प्रतिभा पहिचान र क्षमता विकासमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका कृषिमन्त्री जुम्कित लामा र पूर्वजलस्रोतमन्त्री रणसिंह परियारलगायतको उपस्थिति थियो।

प्रकाशित :२०८३ मंसिर ७ गते, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]