देउसीभैलोको रकम क्यान्सर पीडित तथा घाइतेलाई

बागलुङ। जिल्लास्थित सुनौलो बागलुङ सामाजिक संस्थाले देउसीभैलो खेलेर सङ्कलित रकम क्यान्सर पीडित तथा दुर्घटनाका घाइतेलाई प्रदान गरेको छ।

Advertisement 1

संस्थाले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रु १ लाख ५५ हजार रकम क्यान्सर पीडित तथा दुर्घटनाबाट प्रभावित पाँच परिवारका सदस्यलाई प्रदान गरिएको संस्थाका अध्यक्ष दिलीप प्रतेलले जानकारी दिए।

उक्त संस्थाले सामाजिक सेवाको उद्देश्यसहित पाच वर्षदेखि निरन्तर देउसीभैलो कार्यक्रम गरी त्यसबाट सङ्कलित रकम परोपकार क्षेत्रमा खर्चंदै आएको छ। जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका विभिन्न स्थानमा खेलेको देउसीभैलोबाट सङ्कलित रकमले जैमिनी नगरपालिका–१ का क्यान्सरपीडित चन्द्रकला थापा र मनबहादुर सोनमलाई रु २०÷२० हजार आर्थिक सहयोग गरिएको छ।

Advertisement 2

बरेङ गाउँपालिका–१ की सवारी दुर्घटना प्रभावित कुमारी पुनलाई रु ३० हजार, जैमिनी नगरपालिका–३ पौडेलबारीका बोनम्यारो क्यान्सरपीडित टेकबहादुर विकलाई रु ३० हजार र सोही वडाका प्यारालाइसिस पीडित दिलबहादुर छन्त्याललाई रु २० हजार सहयोग गरिएको अध्यक्ष प्रतेलले जानकारी दिए।

जैमिनी नगरपालिका–१० का सवारी दुर्घटनामा परी प्यारालाइसिसबाट प्रभावित एकै परिवारका कृष्णबहादुर घर्ती र धनकली घर्तीलाई रु ३५ हजार सहयोग गरिएको छ।

Advertisement 3

अध्यक्ष प्रतेलले देउसीभैलोको रकम परोपरकारी क्षेत्रमा खर्च गर्दै आएको बताउदै हाल रु १ लाख रकम संस्थाको खातामा रहेकाले आर्थिक रुपमा दुःख तथा पीडामा परेकालाई खर्च गर्ने बताए।

प्रकाशित :२०८३ मंसिर १ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]