कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

चितवनको भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणीलाल तामाङको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । तामाङको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएको अस्पतालका कोभिड १९ क्लिनिकल को अर्डिनेटर डा प्रमोद पौडेलले जानकारी दिनुभएको हो  ।

Advertisement 1

७० वर्षिय तामाङलाई असोज १४ गते कोरोना पुष्टि भएसँगै उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएको थियो । तामाङलाई असोज २३ गते भर्ना गरिएको हो ।

 उनलाई मधुमेह, उच्च रक्तचापको समेत समस्या थियो । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

Advertisement 2

 तामाङ गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष हुन् ।।

प्रकाशित :२०७७ आश्विन २५, आईतवार १४:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry