पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

बागमती। जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने भएको छ।

Advertisement 1

गाउँपालिका क्षेत्रभित्र घरबासका सम्भावना भएका गाउँको प्रवद्र्धन र विकाससँगै ती घरबासलाई उत्पादनसँग जोड्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए।

उनका अनुसार गाउँपालिकाले मकवानपुरगढी गाउँपालिका–२ गढीदरबारस्थित होमस्टेका र ढुङ्गेगढीस्थित होमस्टे तथा वडा नं ८ बुढीचौरस्थित होमस्टेलगायतलाई व्यवस्थित बनाउन खोजिएको छ।

Advertisement 2

गाउँपालिकाले कृषि पर्यटनमा पनि जोड दिँदै आएको छ। त्यस पालिकाको वडा नं ८ मा प्रदेश तथा स्थानीय तहको साझेदारीमा उन्नत तरकारी बाली विकास तथा वडा नं ३ मा गाई पकेट कार्यक्रम सञ्चालन भइरहेको छ। पालिकाबाट भदौ–असोजमा दैनिक २२–२३ हजार लिटरसम्म दूध उत्पादन हुने गरेको जानकारी दिए।

पशुपालनलाई आधुनिक प्रविधिसँग जोड्दै दुग्ध, मासु तथा पशुजन्य उत्पादनको मूल्य शृङ्खला विकास गरिने नीति अघि बढाउँदै पालिकाले पशु बिमा, खोप, कृत्रिम गर्भाधान, घाँस उत्पादनमा ध्यान केन्द्रित गरेको जनाएको छ।

Advertisement 3

कृषि क्षेत्रलाई उत्पादनमुखीमात्र नभई बजारमुखी बनाउने सोचका साथ पालिकाले रैथाने बाली संरक्षण, जैविक खेती, स्मार्ट कृषि, सिँचाइ विस्तार, किसान परिचयपत्र तथा उत्पादनमा आधारित प्रोत्साहनलाई संस्थागत गरिने जनाएको छ।

पर्यटन क्षेत्रलाई स्थानीय अर्थतन्त्रसँग जोड्दै मकवानपुरगढी दरबार, ऋखेश्वर गुफा, ढुङ्गेगढी, मनकामना क्षेत्र, छत्रेलेक पाथिभरा मन्दिर, बिपी पार्क तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने नीतिसमेत पालिकाले अघि सारेको छ।

भाषा, कला, संस्कृति तथा स्थानीय पहिचानको संरक्षण गर्दै तामाङ संस्कृति, लोकबाजा, परम्परागत ज्ञान र स्थानीय पर्वको प्रवद्र्धन गरिने अध्यक्ष स्याङ्तानले स्पष्ट पारे।

प्रकाशित :२०८३ श्रावण ५, मंगलवार १६:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry