चन्द्रागिरिमा विद्यार्थी कुटेको आरोपमा शिक्षक पक्राउ, विद्यार्थी अस्पतालमा

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ को श्रीकृष्ण माविमा विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। कुटपिटबाट घाइते भएकी विद्यार्थीलाई ओम समाज अस्पतालमा भर्ना गरिएको छ ।

Advertisement 1

कुटपिट गरेको आरोपमा शिक्षक एकराज पण्डितलाई महानगरीय प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ । उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपीका सीताराम रिजालले पुष्टि गरेका छन्। पण्डितले कक्षा ८ मा पढ्ने छात्रा अस्मिता परियारमाथि कुटपिट गरेको आरोप छ।

विद्यालयका प्रध्यानाध्यापक बलराम कार्कीका अनुसार शिक्षक पण्डितले दिउँसो ३ बजे कक्षामा छात्राको कानमा हिर्काएका थिए। त्यसरी हिर्काएपछि अस्मिता बेहोस भएकी थिइन्। अहिले उनको होस खुलिसकेको छ ।

प्रकाशित :२०८० असार २२, शुक्रबार १०:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry