कविताको हत्या आरोपमा उनकै साथी र साथीको दाजु पक्राउ

उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement 1

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हो । घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै विभत्स तरिकाले हत्या गरेपछि खोलामा फालेको अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए ।

उनको शव मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीको टोली समेत खटिएको छ ।

Advertisement 2

एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दुरीमा छ । घटनाप्रति विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विज्ञप्ती जारी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि सजायको माग गरेको छ ।

सुनुवारको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कवितासँग एकै कक्षामा अध्ययनरत छात्रा साथी र साथीकै दाजु नाता पर्ने १९ वर्षीय एक युवक छन् । पक्राउ परेका साथीका दाजु भने अर्को विद्यालयमा अध्ययनरत छन् ।प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा उनीहरूको संलग्नता पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित :२०७८ चैत्र २२, मंगलवार १८:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry