विद्यालयमा ३ विद्यार्थी र ३ शिक्षक, शिक्षा मन्त्रीलाई डिस्को रित्तिएको चिन्ता!

काठमाडौं। अन्नपूर्ण गाउँपालिका–५ स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको संख्या बराबर छ। कक्षा ५ सम्म अध्यापन हुने यो विद्यालयमा ३ जना विद्यार्थी छन्। कक्षा ३ मा २ जना र कक्षा ४ मा १ जना विद्यार्थी छन्।

Advertisement 1

प्रधानाध्यापक रामचन्द्र पाइजाका अनुसार विद्यालयमा एक जना स्थायी दरबन्दी, एक जना निजी स्रोतका शिक्षक र एक जना कार्यालय सहयोगी छन्। ‘तीन वर्षयता विद्यालयमा विद्यार्थी आएका छैनन्,’ उनले भने, ‘भएका विद्यार्थी पनि गएपछि बालकक्षा, कक्षा १, २ र ५ विद्यार्थीविहीन बनेका छन्।’

स्वाँत गाउँमा ७० घर भए पनि हाल परिवारको मात्र बसोबास छ। विद्यार्थी संख्या कम भए पनि विद्यालय सञ्चालन गर्नुपरेको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए। स्वाँतको छिमेकी गाउँ किन्दु आधारभूत विद्यालयमा पनि विद्यार्थी संख्या न्यून रहेको उनले बताए।

Advertisement 2

म्याग्दीको यो गाउँ पहाडी क्षेत्रमा विद्यार्थी संख्या नभएको एक उदाहारण मात्रै हो। पहाडी तथा हिमाली क्षेत्रका विद्यालयमा सरकारले स्रोतसाधन प्रशस्त खर्च गरे पनि विद्यार्थी टिकाउन सकिएको छैन। तराईतिर बसाइसर्ने तथा अधिकांश नेपाली वैदेशिक रोजगारीमा जाने प्रवृत्तिले पहाडी तथा हिमाली क्षेत्रका अधिकांश विद्यालयमा विद्यार्थी संख्या न्यून छ।

तर, यता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई भने विद्यालयमा विद्यार्थी संख्या न्यून भएकोभन्दा डिस्कोमा नाच्ने गाउनेको संख्या न्यून भएकोमा चिन्ता लागेको छ।

Advertisement 3

शिक्षामन्त्री पन्तले गत सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस शिक्षा विभागले आयोजना गरेको ‘शिक्षा नीति’ बहस कार्यक्रममा वैदेशिक रोजगारीले नेपालका डिस्को रित्तिँदै गएकोप्रति चिन्ता लागेको बताएका थिए। नाच्ने गाउने उमेरमा युवा विदेश जाँदा डिस्कोहरु रित्तिँदै गएको उनले बताए।

प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १४:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry