रसुवाबाट तस्कर गरी ल्याइएको २ किलो सुन नागढुंगामा समातियो

रसुवा जिल्लाबाट अवैद्य रुपमा तस्कर गरी ल्याइएको दुई किलो सुन प्रहरीले बरामद गरेको छ ।

Advertisement 1

प्रहरीले रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट २ किलो सुन बरामद गरी रसुवाका तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पाएको सुराकको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट २ किलो सुनसहित गोसाइकुण्ड गाँउपालिका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेललाई पक्राउ गरेको छ ।

पछिल्लो समय रसुवा जिल्लाका केही राजनीतिक दलका भातृ संगठनका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा सेटिङ मिलाएर १५ बर्ष पूरा नभएका बालबालिकालाई नागरिकता दिलाउने र तिनैलाई भरिया बनाएर सुनको कारोबार गराउन लगाउने सिलसिला बढेको बताइन्छ ।

Advertisement 2

यस अघि मंसिरको पहिलो सातामात्र केरुङबाट ल्याइएको १३ लाख ८८ हजार चार सय मूल्य पर्ने १२ तोला सुनका औंठीसहित रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्तीले पक्राउ गरेको थियो ।पैदलयात्रीहरुले सुन ओसारेको जानकारी पाएपछि खटिएको सरकारी टोलीले आमाछोदिङ्मो गापा–५ गोङगाङका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानीका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा–३ बृद्धिमका ङवाङ लोप्चन तामाङ सुन सहित समातिएका थिए । यस अघि १४ लाख ९१ हजार छ सय ८२ मूल्यका सुनका औँठीसहित तीन व्यक्ति पक्राउ परेका थिए।

प्रहरीको तथ्यांक अनुसार रसुवा नाकाबाटमात्र पटक पटक गरी ५० किलो सुन बरामद भइसकेको छ ।

प्रकाशित :२०८० मंसिर २२, शुक्रबार १२:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry