सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ।

Advertisement 1

भोटेकोशी बाढीका सम्बन्धमा उद्धार र राहतका लागि समन्वय गरी आवश्यक निर्देशन दिन प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेर अघि मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका थिए।

प्रधानमन्त्री शाहको अध्यक्षतामा यसअघि आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो। सो बैठकमा उनले नेपाली सेनाबाट उक्त बाढीका बारेमा आवश्यक ‘ब्रिफिङ’ लिएका थिए।

Advertisement 2

त्यसलगत्तै उनले आगामी कदमबारे सरोकार भएकाहरूलाई उद्धार र राहतका काममा खट्न निर्देशन पनि दिएका थिए।

प्रकाशित :२०८३ भाद्र १०, बुधबार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry