उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा क्षेत्रीलाई

डा प्रकाश क्षेत्रीलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ कन्सलटेन्ट सर्जन डा क्षेत्रीलाई उत्कृष्ट स्वास्थ्य क्षेत्र पुरस्कार प्रदान गरिएको हो।

Advertisement 1

स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक डा। क्षेत्री उत्कृष्ट कार्यसम्पादन गरेबापत १ लाख रूपैयाँ राशिको उक्त पुरस्कारबाट सम्मानित भएका हुन्।

साथै, प्रचारात्मक सेवा महाशाखाका डा।पेमावती थापा, कोशी अस्पतालका गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा मुनकर्ण थापा ५० हजार रूपैयाँसहित स्वास्थ्य सेवा पुरस्कारको राशि जनही ५० हजार रूपैयाँ रहेको छ।

Advertisement 2

स्वास्थ्य सेवा दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सम्मानित गरेका थिए । यस किसिमको पुरस्कारले आफूहरूलाई आफ्नो कामप्रति थप जिम्मेवार महसुस गराएको र हौसला मिलेको उनीहरूले बताएका छन्।

पुरस्कार छनोटको लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगित कौशल मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो।

प्रकाशित :२०७९ फाल्गुन १६, मंगलवार ११:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry