४ कर्मचारीसहित १४ जनाविरुद्ध जनही २६ करोड विगो दाबीसहित भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख गजेन्द्र महर्जन र ४ जना कर्मचारीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

Advertisement 1

आयोगले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन् गर्दा राजस्व छली गरी भ्रष्टाचार गरेको ठहर गर्दै जनही २६ करोड ६३ लाख ३७ हजार रुपैयाँ विगो दाबीसहित मुद्दा दायर गरेको हो।

मुद्दा दायर हुनेमा तत्काली नगर प्रमुख महर्जन, तत्कालीन उपप्रमुख मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइराला र राजस्व शाखा प्रमुख श्रकण्ठ घिमिरेलगायत रहेका छन्।

Advertisement 2

तत्कालीन प्रमुख, उपप्रमुख, कर्मचारीसहित ९ जना क्रसर सञ्चालक पनि मुद्दामा मुछिएका छन्। उनीहरुविरुद्ध छुट्टाछुट्टै ५ वटा मुद्दा दायर गरिएका आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

प्रकाशित :२०८१ जेष्ठ २१, सोमबार १७:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry