चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

निर्वाचन आयोग स्थानीय तहको निर्वाचनका लागि खटाइएका कर्मचारी सम्बन्धित ठाउँमा नगए उनीहरुमाथि कारवाही गर्न निर्देशन दिएको छ । आयोगका सहसचिव शालिग्राम शर्मा पौडेलले कर्मचारी खटन पटन सन्र्दभमा सबै ७७ वटै मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६७६ वटा निर्वाचन अधिकृतको कार्यालयलाई परिपत्र गर्दै आयोगले अनिवार्य रूपमा आफू खटिएका ठाउँमा गई आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएको हो ।

Advertisement 1

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीहरूलाई अति जरुरी, मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न आयोगले निर्देशन दिएको हो ।आयोगले काममा खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई आज निर्देशन समेत दिएको छ । निर्वाचन आयोग ऐन २०७३ को दफा ७ मा आयोगले स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचनको कामका लागि कुनै पनि सरकारी वा संस्थानका कर्मचारीलाई सहयोग लिन सक्ने व्यवस्था रहेको छ भने दफा ४३ मा खटाइएको ठाउँमा जान नमानेमा जिम्मेवारीबाट हटाउन वा निलम्बनसम्मको सिफारिस गर्ने व्यवस्था छ ।त्यही ऐनको दफा ४४ मा विभागीय कारबाही गर्न सकिने जनाइएको छ ।

प्रकाशित :२०७९ बैशाख २३, शुक्रबार ०९:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry