समायोजन भएका कर्मचारीको सेवा सुबिधा प्रदेशबाटै

प्रदेशमा समायोजन भएका कर्मचारीहरुको सेवा सुविधा प्रदेशबाटै व्यवस्था गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम माहाशाखाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै प्रदेशमा समायोजन भइ स्तरबृद्धि हुने कर्मचारीहरुको सेवा,सुविधा तथा निवृत्तिभरणसम्बन्धी व्यवस्था सरकारी सेवाको लागि निजामती सेवा ऐन मार्गदर्शक ऐनले व्यवस्था नगरेको हुँदा प्रदेश सरकारबाटै व्योहेर्न उपयुक्त हुने राय परामर्श लेखि पठाउने सचिवस्तरीय निर्णय भएको अर्थका शाखा अधिकृत दिलक आचार्यले जानकारी गराएका छन् ।

Advertisement 1

यद्यपि यो कर्मचारी समायोजन ऐन ०७५ को बर्खिलापको निर्णय भएको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् ।

Advertisement 2

कर्मचारी समायोजन ऐनको दफा १६ को उपदफा २ को पेटबोली यस्तो छ,उपदफा (१) मा जेसुकै कुरा लेखिएको भए पनि यस ऐन बमोजिम प्रदेश र स्थानीय तहको सेवामा समायोजन भएका वा खटाइएका सरकारी कर्मचारी कुनै कारणले सेबाबाट अलग भएमा निजले पाउने उपदान,निवृत्तभरण,उपचार खर्च,सञ्चित बिदाको रकम नेपाल सरकारले व्यहोर्नेछ ।यस्तो रकम उपलव्ध गराउँदा संघीय निजामती सेवा ऐनको समान श्रेणी वा तहका कर्मचारीले पाउने सुबिधाभन्दा घटी बढी नहुने गरी उपलव्ध गराइने भनिएको छ ।

प्रकाशित :२०८० जेष्ठ २१, आईतवार १५:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry