मोरङ कारागारमा प्रहरीको खानतलासीको विरोध, छतमा चढेर कैदीबन्दीको प्रदर्शन

विराटनगर। जिल्ला कारागार मोरङमा नियमित खानतलासीका लागि पुगेको प्रहरी टोलीलाई कैदीबन्दीले अवरोध गर्दै प्रदर्शन गरेका छन्।

Advertisement 1

विराटनगर महानगरपालिका–८ स्थित कारागारको ब्लक ‘बी’ मा रहेका कैदीबन्दीले सोमबार बिहान छतमा चढेर प्रहरीको खानतलासीको विरोध गरेका हुन्।

प्रशासनका अनुसार प्रहरीले बिहान करिब ५ बजेदेखि कारागारभित्र नियमित खानतलासी अभियान सुरु गरेको थियो। खानतलासीका क्रममा ब्लक ‘बी’ का कैदीबन्दीले प्रहरी टोलीलाई अवरोध गर्दै नाराबाजीसहित प्रदर्शन गरेका थिए।

Advertisement 2

घटनापछि कारागारको अवस्था नियन्त्रणमा लिन मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसहितको सुरक्षा टोली कारागार पुगेको छ।

प्रहरीले कारागारभित्र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नियमित रूपमा खानतलासी गर्दै आएको जनाएको छ। प्रदर्शनको कारण र कैदीबन्दीका मागबारे भने प्रशासनले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

Advertisement 3

घटनापछि कारागार परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अवस्था नियन्त्रणमा लिन प्रशासन र सुरक्षा निकायले कैदीबन्दीसँग संवाद गरिरहेको जनाइएको छ।

प्रकाशित :२०८३ भाद्र १, सोमबार ११:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry