थपिने भयो निजामती कर्मचारीमा अर्काे नयाँ संगठन

नेपालका निजामती प्रशासनमा अर्काे नयाँ संगठन थपिने भएको छ । यस अघि एमाले निकट नेपाल निजामती कर्मचारी संगठन,काँग्रेस निकट निजामती कर्मचारी युनियन संघ,माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती,मधेसी कर्मचारी मञ्च लगायतका संघ संगठन अस्तित्वमा रहेकोमा फेरि नयाँ संगठन थपिँदैछ यो साता ।
नेकपा एमालेमा माधव नेपाल खेमा र ओली खेमा छुट्टिएसँगै अर्काे संगठन जन्माइन लागेको हो यो साता ।

Advertisement 1

माधव नेपाल खेमाका कर्मचारीहरुले नेपाल निजामती कर्मचारी संगठनलाई पुर्नगठन गरी नयाँ संगठन स्थापना बनाउने तयारी गरिरहेका छन् । त्यसका लागि यही शुक्र र शनिबार  राष्ट्रिय भेला आह्वान गरिएको छ । सो भेलाले नयाँ संगठनको नामाकरण गर्नेुका साथै नयाँ नेतृत्व समेत चयन गर्नेछ । संगठनको नेतृत्वका लागि भोलानाथ पोखरेल, मोहन घिमिरे, राजन रेग्मी, गगन बिष्ट लगायत प्रतिस्पर्धामा छन् ।

प्रकाशित :२०७८ माघ ११, मंगलवार १४:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम