२०७ किलो गाँजासहित पक्राउ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट २०७ किलोग्राम गाँजासहित १ जनालाई पक्राउ गरेको छ।
Advertisement 1
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुर हेटौँडा उपमहानगरपालिका–१३ का ४८ वर्षीय कृष्ण लामालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो। प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको पिकअपलाई जाँच गर्दा बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक कृष्णलाई पक्राउ गरिएको हो।
प्रकाशित :२०८३ श्रावण २०, बुधबार १२:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








