पानीको मूल्य बढाउन फेरि चलखेलः जारमा ६० रुपैयाँ !


संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पिउने पानीको मूल्य बढाउन फेरि चलखेल सुरु भएको छ।
अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमा बोतलको पानी काठमाडौं उपत्यकाभित्र प्रतिबोलत १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँ तोक्न सकिने सुझाव दिइएको छ। त्यस्तै जारको पानी काठमाडौं उपत्यकाभित्र प्रतिजार ४७ रुपैयाँ र उपत्यकाबाहिर प्रतिजार ६० रुपैयाँसम्म तोक्न मनासिब रहेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ। समितिका सभापति विमल प्रसाद श्रीवास्तवका अनुसार यो प्रतिवेदन स्वीकृत भइसकेको छ।

Advertisement 1

Advertisement 2

वाणिज्य विभागले काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा लागु हुनेगरी प्रशोधित पानीको जारमा प्रतिजार ५० रुपैयाँ र बोतलमा प्रतिबोतल १६ रुपैयाँ (१६ बोतल रहेको कार्टुनको १५० रुपैयाँ) तोकेको थियो। तर संसदीय समितिले एक कदम अघि बढेर उपभोक्तालाई मारमा पार्ने गरी मूल्य तोक्न सुझाव दिएको देखिन्छ। विभाग र समितिले गरेका निर्णयअनुसार पानीको मूल्य तोकिँदा पानी व्यवसायीलाई फाइदा पुग्ने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्था आउँछ। जबकि अहिले बजारमा ३० देखि ५० रुपैयाँमा पानीको जार किन्न पाइन्छ।

प्रकाशित :२०७७ चैत्र २, सोमबार १३:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry