४ सहसचिवलाई स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै

काठमाडौं। नेपाल सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। त्यसमध्ये ४ जना सहसचिवलाई स्थानीय तहमा खटाइएको छ। स्थानीय तहमा पठाइएका सहसचिवहरुमा रेशमलाल कँडेललाई वीरगञ्ज महानगरपालिकाबाट कलैया उपमहानगरपालिकामा खटाइएको छ यस्तै, केहि दिन अघिमात्र सहसचिवमा उक्लिएका विजयकुमार शर्मालाई विराटनगर, टेकबहादुर वलीलाई हेटौंडा उपमहानगरपालिका, बसन्त बोहरालाई वीरगञ्ज महानगरपालिकामा खटाइँदा सगँै सहसचिवमा उक्लिएकि आरती न्यौपाने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै पदस्थापन हुन सफल भएकी छिन्।
Advertisement 1
हालैमात्र पदस्थापन भएका ३ जना सहसचिवलाई स्थानीय तहमा खटाइँदा कान्छी सहसचिवको रुपमा परिचित आरती न्यौपानेलाई भूमि मन्त्रालयमै पदस्थापन गरिएको हो । सगैं सहसचिवमा उक्लिएका कर्मचारीहरुमा पनि पच्क्षेपात भएको कर्मचारी वृत्तमा कानेखुसि भएको स्रोतले बताएको छ। १ नम्बर खुल्लामा नाम निकाल्न सफल भएका विजयकुमार लाई स्थानिय पठाउदा ३ नम्बर महिला कोटा बाट परेकि आरती भने मन्त्रालयमै पदस्थापन हुन सफल भएकी छिन्।










