२१ कर्मचारीको सरुवा, गृह मन्त्रालयमा सबैभन्दा बढी खटाइयो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार २१ जना शाखा अधिकृत, प्रमुख प्रशासनिक अधिकृत तथा कम्प्युटर इन्जिनियरको सरुवा तथा कामकाजमा खटाइएको छ।
Advertisement 1
मन्त्रालयले साउन १५ गते गरेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, नेपाल विविध सेवा तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, जिल्ला समन्वय समिति र स्थानीय तहमा जिम्मेवारी तोकिएको हो।
सरुवा सूचीअनुसार सबैभन्दा बढी कर्मचारी गृह मन्त्रालय अन्तर्गतका कार्यालयमा खटाइएका छन्। त्यसबाहेक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय तथा परराष्ट्र मन्त्रालय अन्तर्गतका कार्यालयमा पनि कर्मचारीको कामकाज तोकिएको छ।
Advertisement 2
त्यस्तै, रुकुम, जुम्ला र डोलखा लगायतका जिल्लाका जिल्ला समन्वय समिति तथा उत्तरगया गाउँपालिका (रसुवा), कन्कासुन्दरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र मनहरी गाउँपालिकामा प्रमुख प्रशासनिक अधिकृत तथा शाखा अधिकृतका रूपमा कर्मचारी खटाइएको मन्त्रालयले जनाएको छ।
सरुवा सूचीमा सीता देवी थापा, प्रेम रत्न उप्रेती, गौरव पर्वती, भवेन्द्र कार्की, सन्तोषकुमार खत्री, दीपा केँदेल, रेवत बहादुर खड्काथोकी, भारतकुमार बस्नेत, अनिल तिवारी, गार्गी अधिकारी, राजराज भगत चौधरी, मनोज अधिकारीलगायत कर्मचारी समेटिएका छन्।










