निजामती सेवाका स्थायी कर्मचारीहरुको १० लाखको सामुहिक बीमा

सरकारले सबै स्थायी कर्मचारीहरुलाई १० लाखको सामुहिक बीमा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय,आयोग,प्रदेश प्रमुखको कार्यालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय,सबै स्थानीय तहलाई परिपत्र गर्दै यस आर्थिक बर्षको बजेट बक्तव्यमा उल्लेख भए बमोजिम निजामती सेवाका सबै तहका स्थायी कर्मचारीको १० लाख बराबरको सामूहिक बीमा गरेको छ ।
यस आर्थिक बर्ष ०७८/ ७९ को आयव्ययको जानकारीको बुँदा नम्बर ४०९ मा वार्षिक कार्यक्रम अनुसार संघीय निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा गर्ने कार्यक्रम समावेश गरिएको थियो । सोही कार्यक्रम अनुसार मन्त्रालयले चैत ६ गतेदेखि आगामी आर्थिक वर्ष २०७९ को भदौ २० गते सम्मका लागि १० लाखको सामूहिक बीमा गरिएको सूचनामा जनाइएको छ । मन्त्रालयले जनाए अनुसार निजामती कर्मचारीहरुलाई ५ महिना १५ दिनका लागि १० लाखको सामूहिक बीमा गरेको छ ।

Advertisement 1

मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड काठमाडौँसँग सम्झौता गरेर संघीय निजामती सेवाका सबै स्थायी कर्मचारीको सामूहिक दुर्घटना बीमा गरेको जानकारी सबै निकायमार्फत कर्मचारीलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ ।
beema

 

Advertisement 2

 

प्रकाशित :२०७८ चैत्र १३, आईतवार १९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry