शंकास्पद बिलबिजक भएको १७ लाख भन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद
सशस्त्र प्रहरी बलले १७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामान बरामद गरेको छ । बारा जिल्लाको निजगढ नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजकार्गको बकैया पुल ईलाकाबाट असार २२ गते ईलेक्ट्रोनिक सामान बरामद गरेको हो।
Advertisement 1
विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले उल्लेखित मूल्य बराबरको १६ वटा कार्टुन ईलेक्ट्रोनिक सामान बरामद गरेको हो । महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०७४४ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा ईलेक्ट्रोनिक सामानको बिलबिजक शंकास्पद देखिएपछि बरामद गरिएको हो ।
बरामद ईलेक्ट्रोनिक सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । त्यस्तै कोल्हवी नगरपालिका ५ स्थित सोनाभारबाट १ सय ६८ के.जी. गाँजा बरामद भएको छ । विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कोल्हवीले सोही ठाउँ बस्ने जितेन्द्र चौधरीको घरमा लुकाई छिपाई प्लाष्टिकमा प्याक गरेर राखिएको गाँजा बरामद गरेको हो ।
Advertisement 2
गाँजा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय कोल्हवीमा बुझाईएको छ । घर धनी जितेन्द्र चौधरी भने फरार रहेका छन् ।सोहि जिल्लाको निजगढ नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्गको बकैया पुल ईलाकाबाट करीब ८ लाख रुपैयाँ बराबरको मोवाइलको पिभिसी टेम्पर ग्लास बरामद गरेको छ ।
Advertisement 3
महोत्तरीबाट काठमाडौंतर्फ गईरहेको ना ५ ख ४७६७ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा न्युन बिलबिजक भएको उल्लेखित मूल्य बराबरको (१६ वटा कार्टुन) १६ हजार वटा ग्लास सुरक्षा बेस निजगढले बरामद गरेको हो । बरामद ग्लास राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।